श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गुल्मीमा एचआइभी सङ्क्रमितको संख्या तीनसय नाघ्यो

३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।

जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।

सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ छ ।

एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् । त्यहाँका २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् ।

अर्को एक गाउँपालिकामा ४६ जना सङ्क्रमित रहेकोमा १९ जनाले मात्रै जिल्लाबाट एआरटी सेवा लिएका छन् भने ४१ जना संक्रमित रहेको अर्को पालिकाका २७ जनाले उक्त सेवा लिएका छन् ।

यस्तै ३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिएका छन् ।

जिल्लाको सबैभन्दा कम संक्रमित रहेको पालिकामा पाँच जना संक्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् ।

यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको घिमिरेले जानकारी बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार