श्रावण ७, २०८२ बुधबार July 23, 2025

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु

उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ ।

डुंगामा करिव ८६ जना सवार रहेको दुर्घटनामा बाँचेकाहरूलाई उद्धृत गर्दै आइओएमले जनाएको छ । उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

लिबिया भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने आप्रवासीहरूको मुख्य प्रस्थान बिन्दु हो । यो वर्ष मात्र समुद्र पार गर्ने क्रममा करिव २२ सय मानिस डुबेको बताइएको छ ।

पछिल्लो घटनाका अधिकांश पीडितहरू नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ । दुर्घटनामा बचेका २५ जनालाई चिकित्सा सहायता सहित लिबियाको हिरासत केन्द्रमा स्थानान्तरण गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया