श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ ।

हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो ।

हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र हताहत भएको बताएको छ। यसले इजरायली सैनिकहरूद्वारा संचालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ, जहाँ केही हताहत भएको पनि बताएको छ।

इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ।

युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ। तर हालसम्म, त्यस्ता गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार