श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, २ पुस ।   युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ ।

जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित गरेको भए पनि सो क्षेत्रमा कार्यरतथ एक फ्रान्सेली कर्मचारीको मृत्यु भए पछि उसले निन्दा गरेको हो ।

‘फ्रान्सले आवासीय भवनमा भएको बम विष्फोटको निन्दा गर्दछफ जसले धेरै अन्य नागरिकको मृत्यु भएको थियो। हामी यो बम विष्फोटको परिस्थितिमा इजरायली अधिकारीहरूले जतिसक्दो चाँडो प्रकाश पारोस भन्ने चाहन्छौं,’ परराष्ट्र मन्त्रालयले आइतवार एक विज्ञप्तिमा भन्यो।

बुधवार साँझ सो घरमा प्रहार भएको थियो, आवासीय स्थानमा सहकर्मी र उनीहरूको परिवारका सदस्यहरूसँग आश्रय गरिरहेका कर्मचारी र अन्य १० जनाको मृत्यु भएको थियो।

उक्त कर्मचारी सन् २००२ देखि गाजामा फ्रान्सेली सरकारसँग काम गर्दै आएका थिए र उनको परिवारका केही सदस्यहरूलाई गाजाबाट बाहिर निकालिएको मन्त्रालयले शोक प्रकट गर्दै भनेको छ ।

गाजामा इजरायलको अन्धधुन्ध बम आक्रमणका कारण बाह्य दबाब बढ्दै गएको बेला मन्त्रालयको वक्तव्य जारी गरेको हो ।

गाजामा मारिएका करिब १९ हजार प्यालेस्टाइनी मध्ये ८० प्रतिशतभन्दा बढी सर्वसाधारण नागरिक रहेको बताउदैँ आइएको छ ।\

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले आइतवार गाजा युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ को लागि दबाब दिँदै युद्धग्रस्त प्यालेस्टाइन क्षेत्रको अवस्थालाई लिएर पेरिस गहिरो चिन्तामा रहेको जनाएको छ ।

‘धेरै नागरिकहरू मारिएका छन्,’ कोलोनाले तेल अवीभमा उनको इजरायली समकक्ष एली कोहेनसँगको टिप्पणीको क्रममा भने, ‘इजरायलले अक्टोबर ७ पछि आफ्नो आक्रामक रूपमा दबाब दिँदै यस क्षेत्रमा तनाव फैलाएको छ।’

विदेशमन्त्रीले हमासद्वारा अक्टोबर ७ मा भएको आक्रमणको निन्दा र गाजा पट्टीमा बन्दी बनाएका इजरायली बन्दीका परिवारसँग भेट्ने योजनाको पनि निन्दा गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार