श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भारतमा निलम्बनमा पर्ने सांसदको सङ्ख्या १ सय ४१ जना पुग्यो

एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतको लोकसभाबाट आज थप ४९ जना सांसद निलम्बनमा परेका छन् ।

यसै महिनाको १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् । संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर विपक्षीले गृहमन्त्रीको जवाफ किन मागिरहेका छन् भन्ने प्रश्नमा अब्दुल्लाहले भन्नुभएको छ, ‘प्रहरी गृह मन्त्रालय मातहत छ, गृहमन्त्री पाँच मिनेटका लागि सदनमा आएर गल्ती स्वीकार गर्दा के जान्छ ?’

141 Opposition MPs Suspended In Record-Breaking Parliament Standoff

नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।

Parliament suspension: Farooq Abdullah, Shashi Tharoor among suspended MPs.  Full list - India Today

पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो साेमवारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए । सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार