श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘इजराइली आक्रमणपछि गाजा अस्पताल बन्द’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एक इजराइली सेनाको आक्रमणपछि मङ्गलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् । निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेका थिए ।

आक्रमणमा भवनका केही भागलाई नष्ट पार्दै सैनिकहरूले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई गिरफ्तार गरेको उनले बताए ।“इजराइली आक्रमणबाट अस्पताललाई कामविहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ”, उनले भने । उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका कम्तीमा चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मङ्गलबार मृत्यु भएको छ । “हाम्रो जानकारी अनुसार वरपरका सडकहरूमा दर्जनौँ घाइते छन्”, उनले भने ।

ब्याप्टिस्ट वा अहली अरब अस्पतालको नामले चिनिने अल–अहलीको कार पार्कमा अक्टोबर १७ मा विस्फोट हुनुभन्दा अघि नै व्यापक क्षति भएको थियो । उक्त विस्फोटमा दर्जनौँको ज्यान गएको थियो । लडाकू समूह हमास र इस्लामिक जिहादले उक्त विस्फोटका लागि इजराइलमाथि आरोप लगाएका छन् तर इजराइलले उक्त आरोपको खण्डन गर्दै इस्लामिक जिहादले एउटा असफल रकेट आक्रमण गर्दा विस्फोट भएको बताएको छ ।

अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि गाजापट्टीमा इजराइली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । इजराइली सैनिकहरूले यसअघि गाजामा अन्य चिकित्सा सुविधाहरूमा छापा मारेका थिए । यसमा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा पनि रहेको छ । अहिले उक्त अस्पतालले अत्यन्त सानो टिमका साथ न्यूनतम क्षमतामा काम गरिरहेको छ ।

आइतबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अल–अहली अस्पताललाई शल्यक्रियाका लागि अल–शिफा अस्पतालबाट ‘गम्भीर बिरामीहरू’ प्राप्त भइरहेको बताएको थियो । डब्लुएचओले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ ।

गाजामा नागरिकको बढ्दो मृत्यु र अस्पतालहरूको विनाशलाई लिएर इजराइलले व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । पछिल्लो आधिकारिक इजराइली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार साँघुरो क्षेत्रमा हमास लडाकूहरूले सीमा पार गरी भयानक आक्रमण गर्दा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ३९ जनाको मृत्यु भएको थियो । हमलाका क्रममा हमासका लडाकूहरूले करिब दुई सय ५० मानिसलाई अपहरण गरी गाजापट्टी लगेका थिए ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा १९ हजार छ सय ६७ जनाको ज्यान गएको छ ।-(रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार