श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नागार्जुन नगरवासीलाई निः शुल्क रगत

रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।

यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन् । सम्झौतामा नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र रक्तसेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई सुलभ रगतका लागि सम्झौता सम्पन्न भइसकेको छ । बाँकी सबै स्थानीय तहमा सहकार्य गर्न प्रयत्न भइरहेको नेपाल रेडक्रस सोसाइटीको समन्वय निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार