श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘आणविक हमला’ गर्न नहिच्किचाउने उत्तर कोरियाली नेता किमको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले ‘शत्रुले आणविक अस्त्र’ ले उक्साएमा उसले पनि आणविक अस्त्र प्रयोग गर्ने चेतावनी दिएको छ । प्योङयाङलाई ‘आणविक हतियारले उक्साएमा’ आणविक आक्रमण गर्न नहिचकिचाउने उत्तर कोरियाली नेता किम जोङ उनले बताउनुभएको हो ।

यद्यपि सियोल र उसका सहयोगीले ‘बिना शर्त वार्ता’ गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । गत साता वासिङ्टनमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच भएको बैठकपछि किमले यस्तो चेतावनी दिनुभएको हो ।

बैठकको कार्यसूचीमा ‘आणविक र रणनीतिक योजना’ समावेश गरिएको थियो र सहयोगीहरूले संयुक्त राज्य अमेरिका वा दक्षिण कोरियामाथि प्योङयाङले गरेको कुनै पनि आणविक आक्रमणले उत्तर कोरियाली शासनको अन्त्य हुने कुरा दोहोर्‍याएका थिए ।

तर किमले आफ्नो सेनाको क्षेप्यास्त्र ब्युरोलाई ‘शत्रुले आणविक हतियारले उक्साएमा आणविक आक्रमण गर्नसमेत नहिचकिचाउन’ भनेको प्योङयाङको कोरियाली केन्द्रिय समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ ।

त्यसको केही समयपछि वासिङ्टन, सियोल र टोकियोले वक्तव्य जारी गर्दै आणविक शक्ति सम्पन्न मुलुकलाई ‘थप उक्साहट नगर्न र बिना कुनै पूर्वशर्त ठोस वार्तामा संलग्न हुने आह्वानलाई स्वीकार गर्न’ आग्रह गरेका थिए ।

यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको कीर्तिमानी शृङ्खलाको सामना गर्दै तीनै देशले प्रतिरक्षा सहयोग बढाएका छन् र मङ्गलबार उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको तथ्याङ्क सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।

उत्तर कोरियाले सोमबार आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ह्वासोङ–१८ प्रक्षेपण गरेको थियो र पछि यसलाई वासिङ्टन र उसका सहयोगीहरूको निरन्तरको ‘सैन्य खतरा’ को रक्षाका लागि गरिएको बताएको थियो ।

गत हप्ता दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा अमेरिकी आणविक शक्तिसम्पन्न पनडुब्बी पुगेको थियो र बुधबार वासिङ्टनले सियोल र टोकियोसँगको अभ्यासमा आफ्ना लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।

उत्तर कोरियाले हालै ‘कोरियाली प्रायद्वीप कानुनअनुसार युद्धको अवस्थामा रहेको’ र वासिङ्टनले दक्षिणमा तैनाथ गरेको ‘रणनीतिक सम्पत्ति’ विनाशको पहिलो निशाना हुने बताएको छ ।

गत अक्टोबरमा सियोल, टोकियो र वासिङ्टनको पहिलो संयुक्त हवाई अभ्यासमा आणविक हतियार बोक्न सक्ने अमेरिकी बी–५२ बमवर्षक विमानले भाग लिएपछि प्योङयाङले उक्त अभ्यासलाई ’अमेरिकाको जानाजानी आणविक युद्ध उत्तेजक कदम’ भनेको थियो ।

प्योङयाङले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा हेर्छ र लामो समयदेखि क्षेप्यास्त्र प्रक्षेपणलाई आवश्यक ‘प्रतिकार’ को रूपमा न्यायोचित ठहर्‍याउँदै आएको छ ।

प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार