श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘लम्पी स्किन’ रोगविरुद्धको खोपमा केन्याले सहयोग गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउनका लागि अफ्रिकी मुलुक केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) ले नेपाललाई सहयोग गर्ने भएको छ ।

केन्याका वैज्ञानिक नेपाल आएर त्यस विषयमा अध्ययन गरी खोप उत्पादनका लागि सहयोग तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । केन्याबाट आएको विज्ञ टोलीले नेपालको प्राविधिक तथा भौतिक अवस्थाबारे छलफल गरी ‘लम्पी स्किन’ रोगविरुद्धको खोप उत्पादन गर्न सकारात्मक प्रतिक्रिया दिएको उहाँले बताउनुभयो ।

खोप उत्पादनका लागि नेपालसँग पूर्वाधार छ तर मुख्य बिउ (मास्टर सिड) नभएका कारण उत्पादन गर्न नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता टेपेन्द्र बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्याका आइएलआरआईबाट आएका विज्ञ टोलीले नेपालमा ‘लम्पी स्किन’ का लागि के कति सहयोग गर्न सकिन्छ, प्राविधिक तथा मूल बिउ, खोप नै दिएर सहयोग गर्न सकिन्छ कि विभिन्न विकल्पमा कुराकानी भयो । अन्त्यमा खोप उत्पादनका लागि नेपाललाई जे जे सहयोग चाहिन्छ, त्यसमा संस्थागत रूपमा सहजीकरण गर्ने एक खालको सहमति नै भएको छ ।”

त्यसका लागि नेपाल तथा त्यहाँको संस्थाबाट समेत विज्ञ राखेर एउटा विज्ञ समूह गर्ने कुराकानी भएको बताउँदै सहप्रवक्ता बोहराले फेब्रुअरीमा पुनः अर्को विज्ञ टोली आएर थप अध्ययन गरेर ठोस रूपमा अगाडि बढ्ने कुरा भएको बताउनुभयो । “नेपालले पनि आफ्नो तयारी थालेको छ, आफ्ना कागजात तयार गरी खोप उत्पादनका लागि प्रक्रिया सुरु गर्ने र त्यसमा कहाँबाट कुन संस्थाबाट सहयोग लिन सकिन्छ, त्यसबारे छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

पशु सेवा विभागले भारतसँग पनि मूल बिउका लागि प्रस्ताव गरेको थियो तर भारतले तत्काल दिन नसकिने भनेपछि अन्य देश तथा संस्थासँग मूल बिउका लागि पहल गरिएको छ । विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने कार्य नेपालमा रहेको हेस्टर बायोसाइन्स कम्पनीले गरिसकेको छ । सो कम्पनीबाट पनि खोप खरिद गर्ने प्रक्रिया सुरु भएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार