श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘नवौँ नेपाल फर्मा एक्स्पो’ फागुनमा हुने

एक्स्पोमा यस वर्ष ३० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल औषधि उत्पादक सङ्घले नेपाली औषधिको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौँ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनका सङ्घका अध्यक्ष महेश प्रधानले नेपाली औषधि उत्पादनको बजारीकरण गर्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि एक्स्पो आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले एक्स्पोमा नेपाली औषधि कम्पनीले भित्र्याएको प्रविधिबारे पनि जानकारी गराइने बताउनुभयो । नेपाली औषधि उत्पादनमा अमेरिका, जापान, चीन र भारतले उत्पादन गर्ने प्रविधि अवलम्बन गरेको उहाँले बताउनुभयो । नेपाली उद्योगले उत्पादन गरेका ५० प्रतिशत औषधिले नेपाली बजार धानेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । एक्स्पो चितवनमा आगामी फागुन २५ देखि २७ गतेसम्म हुने छ ।

एक्स्पो संयोजक प्रभात रुङ्गाटाले औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने बताउनुभयो । एक्स्पोमा नेपालमा उत्पादन भएका औषधिलाई निर्यात गर्नका लागि सेमिनार समेत आयोजना गरिने उहाँले बताउनुभयो । उहाँले विदेशी युवालाई लक्षित गरेर ‘करिअर मिट’समेत एक्स्पो आयोजना गरिएको बताउनुभयो ।

एक्स्पोमा नेपाली औषधि उत्पादन गर्ने प्रविधिबारे जानकारी लिनका लागि कम्बोडिया, जर्जियाबाट मानिस आउने उहाँले बताउनुभयो । एक्स्पोमा चीन, भारत, सिङ्गापुर र बङ्गलादेशका एक सय ५० भन्दा बढी कक्ष रहनेछन् ।

सङ्घका पूर्व अध्यक्ष जीनारायण क्षेत्री र शङ्कर घिमिरेले विगतको तुलनामा नेपाली औषधि उत्पादनले फड्को मारेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रविधिबाट नेपाली औषधि उत्पादन भइरहेको बताउनुभयो । प्रत्येक दुई–दुई वर्षमा हुने एक्स्पोमा यस वर्ष ३० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार