श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिए : महासचिव गुटेरेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले बताएका छन् ।

गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताएका छन् । ‘गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् (जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं। हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ,’ महासचिव गुटरेसले ट्विटरमा लेखेका छन् ।

‘म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु’ उनले लेखेका छन् । गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरायलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरायल–हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ।

त्यस आक्रमणपछि इजरायलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजा शहरको शेजैया छिमेकमा पूर्ण ‘सञ्चालनात्मक नियन्त्रण’ स्थापना गरेको बताएको छ जसले हमास विरुद्धको भूमि आक्रमणका क्रममा भीषण लडाइँको सामान गरिरहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

आइडीएफले विज्ञप्ति जारी गर्दै ३६ औं डिभिजनले शेजैयामा हमासको ‘मुख्य बल’ ध्वस्त पारेको बताएको छ। सेनाले हमासको पूर्वाधार नष्ट गर्न निरन्तरता दिने पनि उल्लेख गरेको छ । आईडीएफका अनुसार घर, विद्यालय, स्वास्थ्य क्लिनिकमा भेटिएका दर्जनौं टनेल शाफ्टहरू नष्ट गरिएका छन्। गोलानी ब्रिगेडका सेनाले हमासका वरिष्ठ सदस्यहरूको घरमा छापा मारेको र शेजैयामा गुप्तचर सामग्रीहरू कब्जा गरेको आईडीएफले जनाएको छ।

यसअघि आईडीएफले केन्द्रीय गाजा पट्टीमा आफ्नो ग्राउन्ड अपरेशनहरू विस्तार गरेको बताएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार