श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्वास्थ्यमा ठूलो सङ्ख्यामा दरबन्दी थप्दै छौँ : मन्त्री बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठूलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ । अहिले देशबासीलाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवा दिन ७२ हजार स्वास्थ्यका जनशक्ति आवश्यक भएको उहाँले उल्लेख गर्नुभएको हो ।

पोखरामा आइतबार भएको कार्यक्रममा नेपाल डेमोग्राफिक हेल्थ सर्भेको प्रदेश स्तरीय तथ्याङ्क सार्वजनिकिकरण कार्यक्रम उहाँले अहिले ३१-३२ हजार जनशक्ति रहेको आङ्कलन गर्दै सबै जनशक्ति एक पटक आपूर्ति नभए पनि अब सहज हुँदै जाने प्रतिबद्धता जनाउनुभयो । “अहिले सङ्घीय सरकारमात्र होइन, प्रदेश र स्थानीय तहहरुले पनि स्वास्थ्यका जनशक्ति भर्ना गर्न थालेका छन्,” मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन बिमितले पनि थोरै रकम तिर्नुपर्ने, मिलेमतो हटाउने लगायतका प्रयास थालिएको प्रष्ट पार्नुभयो । “व्यवहारिक रुपमा बिमा प्रभावकारी बनेको छैन । एक ठाउँमा बिमा गरेपछि सबैतिरका अस्पतालमा सेवा पाउने, मिलेमतो हटाउने संयन्त्र बनाउँदै छौँ,” उहाँले भन्नुभयो ।

जनस्वास्थ्य क्षेत्रलाई सुधार्न तीन तहकै सरकारबीच सहकार्य जरुरी भएको उहाँको भनाइ छ । स्थानीय सरकारहरुले आधारभूत स्वास्थ्य सेवा र जनचेतनामा काम गर्न सक्ने, प्रदेशले समन्वय गर्ने र सङ्घले आवश्यकता अनुसारको बजेट, पूर्वाधारमा ध्यान दिने गरी सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

चैतमा छात्रवृत्तिका चिकित्सकहरु आएपछि प्रदेश र स्थानीय तहमा पठाइने उहाँले जनाउनुभयो । अब सङ्घ, प्रदेश र पालिकाहरुको आवश्यकता अनुसारका विशेषज्ञ चिकित्सकलाई छात्रवृत्ति दिने रणनीति अपनाइने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवाला सहभागी थिए । सहभागीहरुले स्वास्थ्य बिमा प्रभावकारी नभएको, औषधिको आपूर्ति सहज नभएको, पालिकाहरुमा अस्पताल निर्माण र सञ्चालन गर्न सहज नभएको औंल्याएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार