काठमाण्डौः सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ हुँदा तेजावी सुनको मूल्य १ लाख १८ हजार ३५० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार यसअघि आइतबार सुन र चाँदीको कारोबार सोही मूल्यमा भएको थियो । शुक्रबार भने छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ८००, तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया