श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दक्षिण अफ्रिकामा बाढीबाट सातको मृत्यु, ११ बेपत्ता

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु र ११ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मङ्गलबार मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् ।

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट) सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन् ।

त्यस्तै दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ ।

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो ।

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिनुभयो । “कसैलाई केही हडप्ने मौका थिएन”, उहाँले भन्नुभयो । केही कार तीन किलोमिटर तल फेला परेका थिए ।

नौ यात्रु बोकेको एउटा मिनिबसमा तीन वटा शव फेला परेको छ । अन्य छ जना अहिले पनि बेपत्ता छन् । एउटा शव सम्पूर्णरूपमा क्षति भएको घरमा फेला परेको थियो भने घरभित्र रहेका अन्य दुई अझै बेपत्ता छन् ।

बेलस्प्रुट नदीमा आएको बाढीका कारण कारमा फसेका कम्तीमा दुईको ज्यान गएको छ । मङ्गलबार सम्पूर्ण प्रान्तमा अझ भयानक आँधी आउने अनुमान गरिएको छ ।

क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ । सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार