श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु

११ हप्ताभन्दा बढीको लडाईका क्रममा गाजामा २० हजारभन्दा बढी प्यालेस्टिनी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् ।

सेना प्रमुख हार्जी हेलेजीले सम्वाददाताहरुसँग कुराकानी गर्दै तत्काल युद्ध समाप्त गर्ने जादुमय समाधान नभएको बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार सैन्य अभियान समाप्तिको नजिक नरहेको भन्दै चेतावनी दिनुभएको थियो ।

इजरायलले हिजो एकै दिन १ सयभन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ । इजरायलले मध्य गाजामा स्थल आक्रमण विस्तार गरिरहेको छ ।

हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईका क्रममा गाजामा २० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । इजरायली बमबारीबाट करिब १९ लाख आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रमा विगत २४ घण्टामा कम्तीमा २४१ जनाको मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले ३८२ जना घाइते भएको बताएको छ ।

मन्त्रालयका अनुसार ११ हप्ताभन्दा बढीको लडाईंमा कम्तीमा २० हजार ९१५ प्यालेस्टाइनी मारिएका छन्, जसमा अधिकांश बालबालिका र महिला छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार