श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ ।

सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “प्योङयाङको जासुसी जनलर ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’ मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।” उनको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल सङ्गठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ ।

रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक–सम्बन्धित खनिज र संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत सामग्री लिथियम–६ को व्यापार’ मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाएको छ ।

कालो सूचीमा परेका व्यक्तिहरूलाई सोलको पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्यरूपमा प्रतीकात्मक हुन् ।

Kim Jong Un fires North Korea spy chief

सोलले अहिले गत वर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालो सूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताउनुभएको थियो ।

“उत्तर कोरियाको उत्तेजनाले अनिवार्यरूपमा मूल्य तिर्नुपर्ने हाम्रो सरकारले स्पष्ट गरेको छ”, सोलको विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा भनेको छ, “उत्तेजना बन्द गर्न र आणविक निशस्त्रीकरणका लागि वार्तामा सहभागी गराउन अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सहयोग जारी राख्ने तथ्यबाट हाम्रो सरकारले उत्तर कोरियालाई महसुस गराउने छ ।”

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङले गत वर्ष मात्रै क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढी चोरी गरेको र ‘दुर्भावानापूर्ण साइबर गतिविधि’ मार्फत सूचना एकत्रित गरेर आफ्नो हतियार कार्यक्रममा सहयोग गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार