कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

हिमालयन रिइन्सुरेन्सको आईपीओ बाँडफाँड, ३० कित्ता भर्ने मालामाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आईपीओ बाँडफाँड गरेको हो।

३० कित्तासम्म आवेदन दिने सबैले आफूले भरेजत्तिकै सेयर पाएका छन् ।१०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजति आईपीओ पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ।

हिमालयन रिइन्सुरेन्सको आईपीओ बाँडफाँड, ३० कित्तासम्म भर्ने सबैले पाए

३० कित्ताभन्दा बढीका लागि आवेदन दिनेहरुले भने गोलाप्रथाबाट थप १० कित्ता आईपीओ पाएका छन्। कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर खुला गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया