श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताउनुभएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

“हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ,” ऊर्जा नीतिका प्रमुख नोभाकले भन्नुभयो ।

“यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,” नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो ।

यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।

नोभाकले भन्नुभयो, “तेल निर्यातका लागि चीनको हिस्सा ४५–५० प्रतिशत पुगेको छ र भारत वर्तमान अवस्थामा हाम्रो मुख्य साझेदार बनेको छ ।”

भारतले पहिले करिब करिब कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरीददार बनेको छ । “दुई वर्षको अवधिमा भारतलाई आपूर्तिको कूल हिस्सा करिब ४० प्रतिशत पुगेको छ,” नोभाकले भन्नुभयो ।

रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ ।

यद्यपि यी बिक्रीहरू वैध छन् । यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् ।

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।

नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो ।

नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गर्नुभएको छ ।

नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ ।

नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताउनुभएको छ ।

“विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।”एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार