असार २९, २०८२ आइतबार July 13, 2025

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ : सभामुख घिमिरे

१० वर्ष यता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्नुभयो । उहाँले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो । गत १० वर्ष यता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने, यो च्याउहरुको महत्वलाई जनताको बीचमा पुर्‍याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ । नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरुको अझैपनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपालमा भएका धेरै महत्वपूर्ण उत्पादनहरु खासगरी हाम्रा जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा आज हामी धेरै पछाडि परिरहेका छाँै ।’

‘हाम्रा आफ्ना मौलिक उत्पादनका चिजहरु अरुले यसलाई अधिकार प्राप्त गर्ने होडबाजी नै चलिरहेको बेला छ । यस्तो बेलामा च्याउ उत्पादकहरुले नेपालमा च्याउ उत्पादन गर्ने, विदेशबाट आउनेकुरालाई कम्तिमा बिस्थापित गर्ने र च्याउको परिकारले उपभोक्ताहरुलाई दिने महत्वपूर्ण खुराकहरु के हुन् ? यसले शरीरलाई चाहिने तत्व कसरी दिनसक्छ ? यसको बारेमा बताउने र सिकाउने कुरा निजी क्षेत्रबाट खासगरी च्याउ उत्पादक आफैँ मिलेर पनि धेरै कोशिस गरिरहनुभएको छ ।

बितेका केही वर्ष यता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ । जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ ।’

सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार