श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाकिस्तानी निर्वाचन आयोगद्धारा इमरान खानलाई चुनाव लडन प्रतिबन्ध

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानले उम्मेदवारी दिन नपाउने भएका छन ।

पाकिस्तानको निर्वाचन आयोगले उनको उम्मेदवारी अस्वीकार गरेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार यो जानकारी दिएको हो। अधिकारीहरूले भने कि इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका का छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ, जसको लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। त्यसयता उनी सार्वजनिक रुपमा देखिएका छैनन् ।

इमरान खानको मिडिया टोलीले खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको छ । तर, उनले शुक्रबार मात्रै उम्मेदवारी दर्ता गराएका खानका सहयोगीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले भने कि इमरान खानको उम्मेदवारी अस्वीकार गरिएको छ किनभने उनी निर्वाचन क्षेत्रको दर्ता मतदाता थिएनन् र उनलाई अदालतले दोषी र अयोग्य घोषित गरेको छ। इमरान खानले आफ्नो गृहनगर मियाँवालीबाट चुनाव लड्न दोस्रो उम्मेदवारी दर्ता पनि गरेका थिए, जसलाई पनि अस्वीकार गरिएको उनको मिडिया टोलीले जनाएको छ ।

इमरान खान पाकिस्तानमा निकै लोकप्रिय छन् । आफूलाई सेनाले चुनावबाट वञ्चित राख्न खोजेको उनको भनाइ छ । यता सेनाले भने उक्त आरोपको खण्डन गरेको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो। तर, त्यसको एक दिन अगाडि उच्च अदालतले उनको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी खारेज गर्न अस्वीकार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार