श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सिमेन्ट र डण्डीको भाउ ह्वात्तै वृद्धि

सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रतिबोरा सय रुपियाँ मूल्यवृद्धि गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विद्युत् महसुलको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले दुई दर्जन सिमेन्ट र डण्डी उद्योगको विद्युत् लाइन काटेका बेला उद्योगीले भने सिमेन्ट र डण्डीको ह्वात्तै मूल्य बढाएका छन्।

पछिल्लो एक सातामा सिमेन्ट प्रतिबोरा १ सय रुपियाँ र डण्डी प्रतिकिलो ६ रुपियाँसम्म मूल्यवृद्धि भएको हो। नेपाल निर्माण सामग्री व्यापार संघका अनुसार बजार प्रतिकिलो ९२ रुपियाँमा रहेको डण्डीको भाउ अहिले ९८ रुपियाँसम्म पुगेको छ।

नेपाल निर्माण व्यवसायी महासंघले अव्यावहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी प्रतिबोरा सय रुपियाँ मूल्यवृद्धि गरेको भन्दै आपत्तिसमेत जनाएको छ। सिमेन्टमा कार्टेलिङ भएको महासंघले आरोपसमेत लगाएको छ।

एक्कासि निर्माण सामग्रीमा मूल्यवृद्धि गर्नुका पछाडि नेपाल विद्युत् प्राकिरणसँग डेडिकेटर फिडर र ट्रंकलाइन विवाद रहेको स्रोतको भनाइ छ।

प्राधिकरणले विद्युत् काटेका उद्योगमध्ये सिमेन्ट र डण्डी उद्योग छन् । कानुनीरूपमा आफूहरू पछाडि परेपछि सरकारलाई दबाब दिनका निम्ति बिनाकारण उच्च दरमा भाउ बढाइएको स्रोतको भनाइ छ।

थोरै थोरै घटेर चार पाँच वर्ष अगाडिको अवस्थामा सिमेन्ट र छड पुगेको थियो। अहिले एक्कासि भाउ बढाउँदा व्यापार गर्न गाह्रो भएको बालाजुका हार्डवेयर व्यवसायीको गुनासो छ। खुला बजार अर्थतन्त्रको सिद्धान्तविपरीत कार्टेलिङ गरी भाउ बढाइनु अव्यावहारिक एवं अवैज्ञानिकका साथै कानुनविपरीतसमेत रहेको महासंघको भनाइ छ।नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार