श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

चीनबाट आउन थालेपछि सस्तियो प्याजको मूल्य

थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँमा कारोबार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।

देशकै ठुलो तरकारी बजारमा कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मङ्सिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्याजमा परनिर्भर नेपालमा भाउ ह्वात्तै बढेको थियो ।

भारतले नेपाललगायतका देशमा प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि भारतको प्याज उपत्यकाको बजारमा रोकिएको छैन । समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हारहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँच/सात मेट्रिक टन आएको छ ।

कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी बजारमा चीनबाट ठुलो परिमाणमा प्याज नआए पनि चीनको प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपियाँ प्रतिकेजी थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपियाँ छ । सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मङ्सिर १६ कै अवस्थामा कारोबार भएको बताउनुभयो ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मङ्सिरमा राजपत्र प्रकाशित गर्दै चालु डिसेम्बर अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गरी आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार