श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

मन्त्रीका साथै सचिवालयमा हेरफेरको तयारी

कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुने लगभग पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ नेपाली कांग्रेसको ७ फागुनमा हुने महासमिति बैठकपश्चात् मन्त्रिपरिषद्को हेरफेर हुनेछ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचन र पार्टीको महासमिति बैठकपश्चात् सहमति गर्ने जनाइसकेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद् हेरफेरका विषयमा सहमत छन् ।

मन्त्रिपरिषद् हेरफेर हुँदा केही मन्त्रालयसमेत साटासाट हुने स्रोतको दाबी छ । गृह मन्त्रालय लिएको माओवादी केन्द्रले गृह छोडेर अर्थ मन्त्रालय लिँदै छ भने अर्थ मन्त्रालय लिएको कांग्रेसले गृह मन्त्रालय लिने बताइएको छ । यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैको स्वार्थ मिलेको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार