काठमाडौ, १६ पुस । सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ नै कायम गरिएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ कायम रहेको हो । यसअघि शुक्रबार पनि सुनको कारोबार सोहीमूल्यमा भएको थियो ।
सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ । शुक्रबार चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया