श्रावण ६, २०८२ मंगलबार July 22, 2025

युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको भनाइ

रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्नका लागि दबाब बढाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने सोमबार बताएका छन् ।

बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए । मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।

“हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरूविरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो”, सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भने । रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्नका लागि दबाब बढाउने उनको भनाइ थियो ।

मस्कोले युक्रेनमा गरेको आक्रमणको करिब दुई वर्षपछि राष्ट्रपति पुटिनले भने, “हामी आज त्यो गर्दैछौँ र भोलि पनि हामी यस्तै गरिरहने छौँ ।” रुसले नयाँ वर्षको दिन आफूमाथि ‘रेकर्ड’ सङ्ख्यामा ड्रोन हमला गरेको युक्रेनले बताएपछि पुटिनको सो भनाइ आएको हो ।

पुटिनले बेलगोरोड हमलालाई ‘आतङ्कवादी हमला’ भने । ‘नयाँ वर्षको पूर्वसन्ध्याभन्दा ठीकअघि मानिसहरू टहलिरहेको सहरको केन्द्रमा’ निशाना बनाएको उनले आरोप लगाए ।

उनले रुससँग ‘आफ्ना समस्याहरू सुल्झाउन’ पश्चिमी मुलुकहरूले युक्रेनलाई प्रयोग गरिरहेको दाबीलाई दोहोर्‍याए । उनले द्वन्द्वमा ‘रणनीतिक पहल’ रुसको पक्षमा भएको विश्वास गरेको बताए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार उनले भने, “कुनै पनि अवस्थामा मलाई यस्तो प्रकारको जानकारी दिइन्छ र कुनै पनि आक्रामक कारबाही शत्रुको पराजयपछि गर्नुपर्छ भन्ने कुरामा म सधैँ जोड दिन्छु ।”-रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार