श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दक्षिण कोरियाका बिपक्षी नेता माथी चक्कु प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, १७ पुस । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ । पत्रकार सम्मेलन गरिरहँदा उनी माथी यो आक्रमण भएको हो ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा आक्रमण गरिएको थियो।

जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमण गर्दै थिए, जब एक अज्ञात व्यक्तिले पत्रकार सम्मेलनको क्रममा उनको घाँटीको देब्रे भागमा हतियारले आक्रमण गरे। योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्विरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।

दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार