श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

नौबस्तास्थित बाल सुधारगृहबाट १५ जना फरार

आइतबार रातिबाट सुरु भएको झडप सोमबार रातिदेखि समाधान भए पनि झडपको अवस्था अझै आउन सक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको नौबस्तास्थित बाल सुधारगृहबाट १५ जना फरार भएका छन् । बालबिज्याइँको आरोपमा बाल सुधारगृहमा सजाय भोगिरहेका उनीहरू आइतबार राति फरार भएका हुन् ।

‘सुरक्षा करबाहीका क्रममा सुधारगृह पूर्ण रूपमा खाली गराएर चेकजाँच गर्दा चार थान मोबाइल र १५ जना फरार भएको फेला परेका छन्,’ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने ।

सुधारगृहमा बालबिज्याइँ अभियोगमा सजाय भोगिरहेका १८–२७ वर्षका एक सय १६ जनालाई राखिएको छ । पोखरेलले सुधारगृहको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै १८ वर्षमाथिकालाई पनि सुधारगृहमा राख्ने कानुन परिमार्जन गर्न आवश्यक रहेको औँल्याए ।

‘१८ वर्ष कटिसकेकालाई पनि सुधारगृहमा राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुने गरेको छ । बाँके जिल्लामा रहेको एक सुधारगृहमा विगतमा आफ्नै साथीमाथि आक्रमण गरी हत्या गरेको इतिहास साक्षी छ,’ उनले भने, ‘१८ वर्षमाथिका बालबिज्याइँकर्तालाई अलग गरेर राख्दा झडपको स्थिति सिर्जना भएको छ । नौबस्ता बाल सुधारगृहमा पनि वेला–वेलामा झडप हुने गरेको छ ।’

आइतबार रातिबाट सुरु भएको झडप सोमबार रातिदेखि समाधान भए पनि झडपको अवस्था अझै आउन सक्ने औँल्याएका छन् । तीन दिनअघिदेखि अशान्त देखिएको बाँकेको नौबस्तास्थित सुधारगृहमा भएको झडप, वार्ता, संवाद र सुरक्षा कारबाहीको माध्यमबाट समाधानपछि शान्त भएको छ,’ सिडिओ पोखरेलले भनेका छन्, ‘वार्ताको माध्यमबाट उनीहरूको जायज माग पूरा गर्ने सहमति भएको छ, तर कतिखेर के हुन्छ भन्न सकिने अवस्था छैन ।’

सुधारगृहमा रहेकाले सफा पानी, उपचार, शिक्षा, सीप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन गर्ने मौखिक सहमति भएको उनले बताए । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताउँदै उनले सुधारगृह अहिले शान्त रहेको जानकारी दिए ।

आइतबारदेखि आपसी झडपले अशान्त बनेको बालगृहमा तोडफोडमा उत्रिएका बालबन्दीले भित्र प्रवेशमा समेत रोक लगाएका थिए । आइतबार दिउँसोदेखि झडप र तोडफोड भए पनि प्रहरीसमेत बाहिर बस्न परेको थियो ।

करिब दुई महिनाअघि बाँकेको डुडुवा गाउँपालिका– ६ हिरमिनियास्थित जयन्दु सुधारगृहमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । उक्त झडपमा ३५ जना फरार भएका थिए । सुधारगृहमा रहेका युवाको समूहले कार्यालय, गाडी र मोटरसाइकल तोडफोडसमेत गरेका थिए ।

जयन्दु बाल सुधारगृहमा झडप गर्ने समूहलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा बाल सुधारगृह स्थापना गरी स्थानान्तरण गरिएको हो । सोही समूहले त्यहाँ पनि झडपको स्थिति सिर्जना गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार