कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार नेपाल टेलिकम लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

नेपाल टेलिकमले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलाएको छ ।

कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् ।

तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया