कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, पुस २८ मा साधारण सभा

आजसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

मुक्तिनाथ विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको हो । जसअनुसार ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५१% गरि उक्त नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सिटी स्क्वायर न्यूरोड, पोखरामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया