काठमाडौ, १९ पुस । सिंगटी हाइड्रो इनर्जीको बिहीबारसम्म कायम सेयरधनीले शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको र यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । सिंगटीले आइतबार पुस २२ गते बुक क्लोज गर्दै छ । आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया