श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भारतबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण

सुदुरपश्चिम प्रदेशभित्र कोरोना संक्रमित हुनेको सङ्ख्या १० पु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, १९ पुस । आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदूरपश्चिम भित्रिएका छन्।

सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया