श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जर्मन अस्पतालमा आगलागी, एक जनाको मृत्यु, कैयौं घाइते

आपतकालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फेलिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।

“बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे भएको थियो । आपतकालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फेलिएको थियो भने तला धुवाँको मुस्लोले भरिएको देखिन्थ्यो ।

भवनबाट उद्धारको लागि याचना गरिरहेको सनिएको थियो । आगो नियन्त्रणमा आउँदासम्म अस्पताल खाली गरिएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले आगलागीको कारणको बारेमा अनुसन्धान सुरु गरेका छन् । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार