श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्ने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गरेको हो ।

यसअघि नेपालमा लगानी ल्याउन न्यूनतम सीमा दुई करोड रुपियाँ निर्धारण गरेको थियो । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा लगानी गर्न सीमा नलाग्ने व्यवस्थाले सानो सानो लगानी भित्र्याउन सहज हुने बताइएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी गत वर्ष कात्तिक २८ मा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारेको थियो । न्यूनतम लगानीको सीमा पाँच करोड रुपियाँ राख्दा साना लगानीकर्तालाई नेपालमा लगानी गर्न कठिन हुन थालेपछि लगानीको सीमा कम गरिएको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार