श्रावण ६, २०८२ मंगलबार July 22, 2025

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी पुग्यो, २११ जना बेपत्ता

१४ वटा सहरका ६६ हजार घरधुरी खानेपनी विहीनताको अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।

यसैबिच भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११० तथा बेपत्ता हुनेको सङ्ख्या २१० पुगेको एएफपीले जनाएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित तटीय शहर वाजिमामा ५९ जनाको मृत्युको पुष्टि भएकोे छ । भवन भत्किँदा वाजिमामा करिब १०० व्यक्ति फसेको अपुष्ट विवरणहरू आइरहेका छन् ।

Death toll reaches 100 as survivors are found in homes smashed by western Japan  earthquakes – WFTV

जापान मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले स्थानीय समयअनुसार शनिबार बिहान ५ः२५ बजे नोटो क्षेत्रमा पुनः ५.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा शनिबार वर्षाको सम्भावना रहेकोले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी पुग्यो, २११ जना बेपत्ता

जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) का अनुसार भूकम्पका कारण इशिकावाका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । स्थानीय समयअनुसार शनिबारसम्म २४ हजार घरधुरीले विद्युत अवरोधको सामाना गर्नुपरेको छ । १४ वटा सहरका ६६ हजार घरधुरी खानेपनी विहीनताको अवस्थामा छन् ।

वाजिमाबाट ३० किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित भएको विनाशकारी भूकम्पको अधिकतम तीव्रता ७ रेक्टर रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार