श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच बंगलादेशमा आज आम निर्वाचन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बंगलादेशमा आज मुख्य विपक्षी दलहरुको बहिस्कारकाबीच आम निर्वाचन हुँदैछ । विभिन्न २८ दल र स्वतन्त्रतर्फका गरी १९ सय ६९ उम्मेदवार निर्वाचनमा सहभागी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको बंगलादेश सरकारले जनाएको छ । ११ करोड ९३ लाख मतदाता रहेको बंगलादेशको निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरु समेत गरी करिव ७ लाख ५० हजार जना परिचालन गरिएको छ ।

आम निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी, बीएनपीले प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारको राजीनामा माग गर्दै हिजोदेखि ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ ।

बीएनपीले आज हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय समेत गरेको छ । विपक्षी दलहरुले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैर–दलीय तटस्थ सरकार गठनको वकालत गरिरहेका छन् । विपक्षीहरुको मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गर्दै आएको छ ।

Bangladesh Elections 2024 Live Updates: Voting begins. Nearly 14 polling centres, 2 schools torched in pre-poll violence | Mint

यसैबीच निर्वाचन अभियानको क्रममा भएका हिंसामा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ । १ दर्जनभन्दा बढी निर्वाचन केन्द्रहरुमा आगजनी भएको बीबीसीले उल्लेख गरेको छ ।

निर्वाचन विथोल्ने काम गरेको भन्दै सरकारले सयौको संख्यामा विपक्षी दलका नेता कार्यकर्ताहरुलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार