काठमाडौँः साता कारोबारको पहिलो दिन आइतबार पनि बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आइतबार पनि स्थिर रहि रहि बिहिबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी शुक्रबार कै मुल्यमा यथावत रहि प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया