श्रावण ६, २०८२ मंगलबार July 22, 2025

देशभर ९२ हजार स्वास्थ्यकर्मीको दरबन्दी बढाउने सरकारको तयारी

लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् ।

आज नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको बताए ।

“देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो,”– मन्त्री बस्नेतले भने ।

लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया