काठमाण्डौः इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलसँगको युद्ध सुरु भएदेखि गाजामा कम्तिमा २३,०८४ मानिस मारिएको तथ्यांक सार्बजनिक गरेको हो ।
एक विज्ञप्तिमा मन्त्रालयले विगत २४ घण्टामा २४९ जनाको मृत्यु भएको र तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया