श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पुनर्जन्म हुने भन्दै श्रीलंकामा आत्महत्या गर्न लगाइएकाे घटना खुलासा, ७ को शव फेला

परिवारका सबै सदस्यले विष सेवन गरी आत्महत्या गरे - श्रीमती दुई छोरा र छोरीको शव मलाबेको कहानटोटास्थित आफ्नै घरमा भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो, २४ पुस । श्रीलंकाबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ । पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मंगलबार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरु दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो । उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए ।

Sri Lanka funeral photos: Family and friends grieve and bury their dead -  The Washington Post

तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ । अपराध अनुसन्धान विभाग (सिआइडी) ले अनुसन्धानलाई अगाडि बढाउँदै बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने र त्यसो गर्दा फेरि जन्मिने बताएको पाइएको श्रीलंकाली समाचार संस्थाहरूले जनाएका छन ।

श्रीलंकाको महारागामा ओल्ड रोडस्थित गेस्ट हाउसमा ३४ वर्षीय पुरुषको शव फेला परेको छ । मृतक थिवोलापुराको अम्बालाङ्गोडा क्षेत्रका बासिन्दा रहेको बताइएको छ । यसबाहेक याक्ला क्षेत्रको रफाल भट्टास्थित आफ्नै घरबाट २१ वर्षीया महिलाको शव फेला परेको छ । युवती विश्वविद्यालयकी विद्यार्थी थिइन् ।

Mass suicide? : Probes into 7 recent deaths under similar circumstances  handed over to CID

गत डिसेम्बर २८ मा बौद्ध धर्मगुरु रुवान प्रसन्न गुणरत्नेकाको शव महरागामाको गेस्ट हाउसमा भेटिएको थियो ।

त्यसको केही दिनपछि गत डिसेम्बर ३१ मा रुवान प्रसन्न गुणरत्नेकाकी ३५ वर्षीया श्रीमती दुई छोरा र छोरीको शव मलाबेको कहानटोटास्थित आफ्नै घरमा भेटिएको थियो ।

यसरी परिवारका सबै सदस्यले विष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिलाका दुई छोरा र एक छोरीको उमेर क्रमशः ९, ८ र ७ वर्ष थियो । गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने गर्थे र त्यसो गर्नाले फेरि जन्मिने बताउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया