श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टर्की एयरलाइन्सका सबै बोइङ ग्राउन्ड

प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ । टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउन्ड गर्ने निर्णय गरेको हो ।

प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुनेछन् । अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रवार १६ हजार फिट उचाइमा विस्फोट भएको थियो । जसले ठुलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो ।

अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडेको केही समयपछि भएको उक्त घटनाले यात्रुहरूलाई आतङ्कित बनाएको थियो । ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्याण्डमा आपत्कालीन अवतरण गरेको थियो । सिन्ह्वाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया