श्रावण ८, २०८२ बिहिबार July 24, 2025

संयोजक नै विदेश हिँडेपछि एनसेलको कर छली छानबिन समिति अलपत्र

एक महिनासम्म छानबिनको टुंगो नलाग्नु र संयोजक विदेशतिर हिँड्नुले समितिको निष्पक्षतामाथि नै प्रश्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीसम्बन्धी छानबिन गर्न गठित समितिले जिम्मेवारी पूरा गर्नेभन्दा पनि म्याद गुजार्ने काम गरेको छ।

छानविन समितिलाई सरकारले एक महिनाको अवधि तोके पनि उक्त अवधिभित्र समितिले प्रतिवेदन नबुझाई समितिका संयोजक नै विदेश भ्रमणमा निस्किएका छन्। समितिका संयोजक पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा आइतबार बेलायततिर गएका हुन्।

समितिलाई दिइएको पूर्वनिर्धारित समयावधि मंगलबार सकिएको थियो। शर्माले प्रतिवेदन नबुझाई म्याद थपको माग गरी बेलायत गएको स्रोतले जानकारी दियो।

गोष्ठीमा भाग लिन भन्दै संयोजक शर्मा बेलायततिर हिँडेपछि अलपत्र परेको समितिको म्याद सरकारले माघ १५ गतेसम्मलाई थप गरेको छ। एक महिनासम्म छानबिनको टुंगो नलाग्नु र संयोजक विदेशतिर हिँड्नुले समितिको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ।

समिति गठनकै बेला शर्माको विगतको भूमिकालाई लिएर आशंका उत्पन्न गराएको थियो। अझ शर्माका पछिल्ला गतिविधिले एनसेललाई कर छली प्रकरणमा उन्मुक्ति दिने षड्यन्त्रको संकेत दिएको छ।

यसअघि पनि केही राजनीतिक दलका नेतासँग एनसेलका सञ्चालकहरूको मलेसिया र बैंककमा मिटिङ भएको चर्चा आइरहेका बेला शर्माको बेलायत भ्रमणलाई पनि त्यससँगै जोडिएको छ। नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार