श्रावण ६, २०८२ मंगलबार July 22, 2025

इजरायलद्धारा प्यालेस्टाइनमा अवस्थित बेलायती परोपकारी संस्थामा आक्रमण

बालबालिकाको खाना र जाडो लुगासहित त्यहाँ रहेका  प्रिन्टरबाट मसीसमेत चोरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा, २६  पुस । अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई  इजरायली सेनाले क्षति पुर्‍याएको छ ।

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य केन्द्रलाई यस महिनाको सुरुमा इजरायली सेनाले ठूलो आक्रमणमा नराम्ररी क्षति पुर्‍याएको हो ।

एक्शन अराउन्ड बेथलेहेम चिल्ड्रेन विथ डिसेबिलिटी (एबीसीडी) जेनिनको दक्षिणमा रहेको नुर शम्स शरणार्थी शिविरमा अवस्थित छ। केन्द्रका अनुसार इजरायली सैनिकहरूले सो भवनमा तोडफोड गरेका थिए । उनीहरुका अनुसार त्यहाँ रहेका उपकरणहरू नष्ट मात्रै गरेनन, बालबालिकाको खाना र जाडो लुगासहित त्यहाँ रहेका  प्रिन्टरबाट मसीसमेत चोरेका छन् ।

‘प्यालेस्टाइनमा काम गर्ने ३५ वर्षको अनुभव भएको बेलायती परोपकारी संस्थाको रूपमा हामी बेलायत सरकारलाई वेस्ट बैंकमा त्यस्ता सबै आक्रमणहरू रोक्न र गाजामा तत्काल युद्धविरामको लागि अनुरोध गर्न इजरायली सरकारलाई अनुरोध गर्न आग्रह गर्दछौं,’ एबीसीडीले एक विज्ञप्तिमा भन्यो। ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया