श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दैलेखमा १ लाख १४ हजार ३ सय बढिले लगाए टाइफाइड विरुद्धको खोप

जिल्ला भरीका ४ सय २२ खोप केन्द्रबाट खोप सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले सञ्चालन गरेको टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत दैलेखमा १ लाख १४ हजार ३ सय २२ जनाले खोप लगाएका छन् ।

यही  पुस ६ देखि २१ सम्म सञ्चालन गरिएको खोप अभियान अन्तर्गत ६६ हजार ७ सय ६५ जना महिला र ४७ हजार ५ सय ५७ जना पुरुष गरी १ लाख १४ हजार ३ सय २२ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार टाइफाइड ९८ प्रतिशत खोपको पहुँच पुगेको छ ।

जिल्ला भरीका ४ सय २२ खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो । आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा रुवेलाका साथै टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको खोप अधिकृत रेग्मीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया