श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सोमालियामा विद्रोहीले वायुसेना नियन्त्रणमा लिएको दाबी श्रीलङ्काद्वारा अस्वीकार

चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्काको रक्षा मन्त्रालयले शनिबार श्रीलङ्काको वायुसेना (एसएलएएफ) का थुप्रै कर्मचारीहरूलाई सोमालियामा आतङ्ककारीहरूले कब्जा गरेको समाचारको खण्डन गरेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति सेनाको कर्तव्य पूरा गर्दै आएको एउटा हेलिकप्टर अत्यधिक धुलो र बालुवा उडेर उडान मार्ग अस्पष्ट भई अवतरणका शुक्रबार दुर्घटनाग्रस्त भएको बताएको छ। चालक दल र कार्गो सुरक्षित रहेको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले गलत सूचनाबाट भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया