श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन्।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ। सहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया