श्रावण ८, २०८२ बिहिबार July 24, 2025

तीन पटक ‘कूटनीतिक नोट’ पठाउँदा पनि रुसले पठाएन नेपालीको शव

अस्तुसमेत पठाउन रुसको इन्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले रुसलाई तीनपटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ । रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ ।

‘हामीले पटकपटक नेपालीको शव पठाउन अनुरोध ग¥यौ तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएन, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन ।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो ।

यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन् । दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय ‘अस्तु पठाइदेऊ’ भनेका छौं तर जवाफ अझै आएको छैन ।

रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ । सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनसार सद्गत गर्ने कुरा उल्लेख भएको हुन्छ । सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीको शव नेपाल पठाउन इन्कार गरेको हो ।

गत असारदेखि रुसमा मारिएका नेपालीको शव नेपालले ल्याउन सकेको छैन । रुसी सेनामा भर्ना भएका मध्ये हालसम्म १० जना नेपालीको मृत्यु भइसकेको छ । गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो । ०७५७३७२८ नम्बर राहदानी भएका स्याङ्जाका हरि अर्याल, राहदानी नम्बर १२२९९८९१ भएका धादिङका राजकुमार गिरी र ११०२७१७५ नम्बरको राहदानीवाहक कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको थियो । यसअघि मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले गत १६ मंसिरमा विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको थियो । कात्तिक २९ गते मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै ८ मंसिरमा परराष्ट्र मन्त्रालयमा पत्र पठायो । त्यसपछि नेपालले औपचारिक रूपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकार गरेको थियो ।

नेपालीहरूको मृत्यु हुने क्रम बढेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर रुसमा नजान र आफ्नो नागरिकलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरेको थियो । तर रुसले नेपालीको आग्रहलाई इन्कार गर्दै सेनामा भर्ती गर्ने क्रमलाई निरन्तरता दियो ।

४ पुसमा परराष्ट्रले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।

गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्नेबित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो । तर, सोही देशमा सेना भएर युद्ध लड्न नेपाली लामबद्ध भइरहेका छन् । संयुक्त राष्ट्रसंघमा विभिन्न निकायमा भएका प्रस्तावमा पनि नेपालले युक्रेनलाई साथ दिएको थियो । राष्ट्रसंघमा नेपालले खुलेर युक्रेनको पक्ष लिएका कारण पनि रुस नेपालसँग असन्तुष्ट छ ।

कति छन् वैधानिक रूपमा रुस पुगेका नेपाली ?

रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि पुससम्म श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । भिजिट भिसा र भारत हुँदै रुस जानेको संख्या अझ बढी हुन सक्ने अनुमान छ । वैदेशिक रोजगार विभागको तथ्यांकनुसार वैशाखमा १७, जेठमा १ सय ७९, असारमा ३३, साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७, कात्तिकमा ४३ र मंसिरमा ४३ नेपाली श्रम स्वीकृति लिई रुस गएका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार