श्रावण ७, २०८२ बुधबार July 23, 2025

सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना

दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि उत्तिकै दुर्घटना हुँदै आएको छ । तीन वटा ठुुला राजमार्गसँग जोडिएकाले चितवनमा ट्राफिक चाप बढी छ ।

दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन । मङ्गलबार झिसमिसेमा यस सडक खण्डको तीन नम्बर पुल नजिकको सडकबाट त्रिशूली नदीमा भारतीय गाडी खसेको छ । चालक बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले चालकले भेउ नपाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गर्नुभयो ।

“भौगोलिक ज्ञान नभएका कारण पनि यस सडक खण्डमा दुर्घटना हुने गरेको छ,” उहाँले भन्नुभयो ।

कतिपय दुर्घटना सडककै कारण पनि हुने गरेको देखिन्छ । गाडीलाई उछिन्दा (ओभरटेक गर्दा) पनि प्रशस्तै दुर्घटना भएका छन् । चालक निद्रामा रहनु वा सहचालकलाई चलाउन दिनु पनि दुर्घटनाका कारकका रूपमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले सडकसँगै दु्रत गति र चालकको लापरबाही दुर्घटनाका कारण हुन सक्ने बताउनुभयो । हुस्सुका कारण पनि सडक सजिलै नदेखिँदा दुर्घटना हुने गरेको ट्राफिकहरू बताउँछन् ।

थोत्रा गाडीका कारण पनि दुर्घटना हुने गरेको छ । पुरानो नारायणी यातायात प्रालिका सञ्चालक अशोक पोख्रेलले चालक र गाडीमाथि मात्रै दोष थुपारेर दुर्घटना न्यूनीकरण गर्न नसकिने तर्क गर्नुभयो । “जताततै निर्माण कार्य जारी छ । सडकको दुरवस्था छ । यस्तो अवस्थामा चालक र गाडीलाई दोष दिएर उम्किन मिल्दैन,” उहाँले थप्नुभयो, “ट्राफिक सङ्केत पनि छैनन् । कतिपय स्थानमा सडक जीर्ण छ ।”

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले सडक निर्माण तथा मर्मत सुधारका बेला दुर्घटना बढ्नुलाई स्वाभाविक भएको बताउँदै भन्नुभयो, “सडक मर्मत सुधार भइरहँदा दुर्घटना हुन सक्छन् । त्यसतर्फ सचेतना अपनाउनु जरुरी छ । सडक सुरक्षाका लागि सरकारले लगानी गरेको पनि छैन ।” उहाँले चालकको स्वास्थ्य अवस्था, मादक पदार्थ सेवन, थकाइलगायतका कारण पनि सवारी दुर्घटना हुने गरेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार