श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पाकिस्तानमा ग्यास सिलिण्डर विस्फोट : २० जना घाइते

घाइतेमध्ये धेरैको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङरोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ ।

विष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले विस्फोटबारे अनुसन्धान सुरु गरेको बताएको छ । घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया