श्रावण ७, २०८२ बुधबार July 23, 2025

गठबन्धनका कारण राष्ट्रिय सभामा पहिलो दल बन्दै माओवादी

राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललाई लैजाने गठबन्धन दलहरूबीच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच तालमेल भएसँगै सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पहिलो दल बन्ने लगभग पक्का भएको छ।

गठबन्धन दलहरूबीच मतदानमा गडबडी नभए आगामी फागुन २० पछि माओवादी केन्द्र राष्ट्रिय सभामा पहिलो दल बन्ने छ। गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ सिटसहित तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको छ।

फागुन २० मा (एक जना मनोनीतसमेत) २० सांसद आफ्नो कार्यकाल पूरा गरी बिदा हुँदैछन्। सो पदका लागि माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन सम्बद्ध कांग्रेसले ११ सिट, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले १ सिट लिनेगरी सिट बाँडफाँट भएको छ।

राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा भने राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललाई लैजाने गठबन्धन दलहरूबीच सहमति भइसकेको छ।

गठबन्धनको चुनावी तालमेलका कारण सातै प्रदेशमा एमालेको मतभार चुनावी परिणामका निकै कम देखिन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसदहरूले मतदान गर्ने राष्ट्रिय सभामा सत्ता गठबन्धनको मतभार ३७ हजारभन्दा बढी छ भने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहित अन्य दल र स्वतन्त्र जनप्रतिनिधिको मतभार २० हजार हाराहारी रहेको छ।

निर्वाचनका लागि गठबन्धनका उम्मेदवारहरू भूगोल केन्द्रित भएर मतदातासँग भेटघाट गरिरहेका छन् भने एमालेका उम्मेदवारहरू करिब हार निश्चित भएर होला जिल्ला दौडाहामा नलागेको एमालेका कार्यकर्ताहरूको भनाइ छ। तर, केही नेताहरूले भने जितको प्रयासका लागि आवश्यक गृहकार्य भइरहेको बताएका छन्।

एमालेका नेता विशाल भट्टराईले गठबन्ध दलभित्र समेत मेलमिलाप नरहेको भन्दै आफ्ना उम्मेदवारहरूले एमाले बाहेकका मतदाताहरूसँगसमेत नियमित सम्पर्कमा रहेर मतदान गर्न आग्रह गरिरहेको बताउनुभयो।

यद्यपि, उक्त प्रयास एमालेका लागि निरर्थक हुने नेपाली कांग्रेस कोशी प्रदेश सांसद प्रदीपकुमार सुनुवारले टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘यसपटक राष्ट्रिय सभामा एमाले ‘क्लिन स्विप’ हुन्छ। सबै सिटमा गठबन्धनको जित निश्चित देखिएकाले पनि हाम्रा मतदाताहरू एक जनाले पनि दायाबाँया गर्ने अवस्था छैन। त्यसका लागि हामीले प्राय सबै जिल्लामा पुगेरै मतदाताहरूसँग संवाद छलफल गरिसकेका छौं।’

सत्ता गठबन्धनसँग सबै प्रदेशमा सुविधाजनक मतभार छ। गठबन्धनका मत तलमाथि नभएको खण्डमा राष्ट्रिय सभाको चुनावी परिणाम आउँदा उपाध्यक्षसहित १६ सदस्य रहेको माओवादीको संख्या १९ पुग्ने छ।

सो दलका हाल कायम रहेका ३ जनाको म्याद सकिँदैछ । त्यस्तै, हाल १० सांसदसहित तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जना सदस्य पदावधि सकिएर घर फर्किँदा पनि आसन्न निर्वाचनबाट थपिने १० सांसदले कांग्रेसलाई १६ सदस्यसहित दोस्रो ठूलो दल बनाउने पक्का छ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)कोे २ सिट थपिँदा राष्ट्रिय सभामा उपस्थिति संख्या ८ पुग्नेछ। प्रमुख प्रतिक्षी दल एमाले १८ सिटबाट घटेर ९ सिटमा सिीमित हुने अवस्था छ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अघि बढाउने सहमति भएको छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार