श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गड्डाचौकी नाकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ४ माघ । कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो।

बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए।

उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया